One of the prominent Nepalese actress Barsha Raut drag into controversy, when she comment “How to face indian friends” in an live conversation over internet, while india-Nepal Border Dispute is going on.

“You love your country doesn’t mean you fight saying, ‘This is ours — why are you doing like that?’,” she says in the clip that is taken from an online interview. She is further seen saying, “This has to be solved together through table talk between our government and their overnment. But journalists of the two (countries) are picking a fight.”

“How will I face my Indian friends? How will Indian friends face me? This is the situation right now,”

the actress says in the clip.

These comment drag “Jatra” actress into controversy and many expressed anger and disappointment on social media and she has been trolled over internet. People are comparing her with Manisha Koirala, who tweeted supporting new Nepal Map

After her controversial comment, Jatrai Jatra actress issued a statement on May 24 expressing her love and respect for her country.

View this post on Instagram

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन । संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ । हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

A post shared by 𝘽𝙖𝙧𝙨𝙝𝙖 𝙍𝙖𝙪𝙩 (@barsharaut_) on

Before she came up with her statement, she had also shared a story on her Instagram.

“Being misunderstood is frustrating, but if in your heart you meant well and you did your best, then that’s all you really can do,” it said, however, the context was not disclosed.

After all these issues, Actress Priyanka Karki asked all to forgive Raut for her mistake, supporting her she said

‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’

‘उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here